नारायणकाजीको निर्णयलाई निरन्तरर्ता दिँदै काविल कर्मचारीलाई पुरस्कृत गर्ने गृहमन्त्री लामिछानेको घोषणा

नारायणकाजीको निर्णयलाई निरन्तरर्ता दिँदै काविल कर्मचारीलाई पुरस्कृत गर्ने गृहमन्त्री लामिछानेको घोषणा

काठमाडौँ : नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभर  हडपिएको सरकारी सम्पति फिर्ता गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् । बुधबार राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवार पुगेर मन्त्री लामिछानेले पद बहालीपछि गृहमन्त्रालयमा धेरै चुनौती रहेको भन्दै आफ्नो पहिलो काम हडपिएका सरकारी सम्पत्ति सरकारको मातहतमा ल्याउने बताएका हुन् ।

त्यसका लागि उनले सुक्ष्म अनुसन्धान गर्नुपर्ने आवश्यकता जरुरी रहेको र सोहीअनुसार अपराध अनुसन्धानमा खटिन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।

उनले निवर्तमान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकालमा ७७ वटै जिल्लामा सरकारी जग्गालाई फिर्ता ल्याउन गरिएको परिपत्रलाई नै कार्यान्वयन गर्न पहिलो निर्णय गरेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार