आरटिआई कैलाली जिल्लाको अध्यक्षमा उपाध्याय

आरटिआई कैलाली जिल्लाको अध्यक्षमा उपाध्याय

कैलाली : “सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौं” भन्ने नाराका साथ सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। सामाजिक अभियन्ता एबम पत्रकार दिपक उपाध्यायको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा विजया राना, महिला उपाध्यक्षमा सरिता कठायत, सचिवमा प्रिन्सीका सिंह (रोशनी), कोषाध्यक्षमा कमला तिमिल्सिना निर्बिरोध चयन भएका छन ।

त्यस्तै, सदस्यमा लवदेव धामी, बिरेन्द्र सिंह, देवराज अवस्थी , बिष्णु कुमारी बुढा, कामदेव ओझा, सुरेश भूल , निर्मला बिक चयन भएका छन्।

कैलाली जिल्लाको दोस्रो अधिवेशनमा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचन्द, केन्द्रिय सदस्य श्रवण देउवा, सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज जोशी, लगायत प्रदेश कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार