विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

मन्त्रिपरिषद् पुनर्गठनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गरेका छन्।

सत्ता समीकरण परिवर्तन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका छन् । फागुन २२ गते कांग्रेससँगको सत्ता सहकार्य तोडेर एमाले र रास्वपालाई सरकारमा भित्र्याएका दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायतका सत्ता साझेदार दलहरूसँग छलफल गर्ने बताएका छन् ।

दाहालले संसदीय दलको शनिबार बसेको बैठकमा फागुन ३० मा विश्वासको मत लिनका लागि साझेदार दलहरूसँग छलफल चलाइरहेको जानकारी दिएका थिए ।

दाहालले दलको बैठकमा भनेका थिए, ुसरकारले विश्वासको मत लिने कार्यका लागि सबै सक्रियतापूर्वक लागौं । 
फागुन ३० मा सांसदहरूलाई ह्वीप लगाउने विषयमा संसदीय दलमा छलफल भएको समेत भएको माओवादीका एक सांसदले बताएका छन् । 

सत्तारूढ गठबन्धनमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५१ सांसद छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार