नर्सिङ कलेजहरूलाई अनुमति नदिएर त्रुटी गर्यौँ : गैरे

उनले बुबाआमाको लासले छोराछोरी कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन् । 

नर्सिङ कलेजहरूलाई अनुमति नदिएर त्रुटी गर्यौँ : गैरे

राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले नर्सिङ र मेडिकल कलेजहरूलाई शिक्षण अनुमति नदिएर त्रुटी भएको बताएकी छन् । आइतबार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै राष्ट्रिय सभा सदस्य गैरेले यस्तो बताएकी हुन् ।

उनले नेपालमा नर्सिङ पढ्न नपाएपछि विद्यार्थीहरु विदेशीन बाध्य भएका बताइन् । नेपालमा पढ्न नपाउँदा विद्यार्थीहरुले विदेशमा दुःख साथ पढ्नुपरेको भन्दै यस बारेमा अब सरकारले सोच्नुपर्ने बताइन् । 

उनले भनिन्,‘आज युवाहरू शिक्षाको नाममा दिनप्रतिदिन बहिर्गमन भइरहेका छन् । हिजो हामीले केही त्रुटी गर्यौँ भन्ने मलाई लाग्दछ । हामीले नर्सिङ कलेज, मेडिकल कलेजहरूलाई शिक्षणका लागि अनुमति नदिने, त्यसलाई साँघुरो बनाउँदाखेरी आज हाम्रो भाइबहिनीहरू भारतको बोर्डरहरुमा, बंगलादेश र युरोपियन देशहरूमा गएका छन् । धेरै दुःख पाएका छन् । त्यस कारणले अबको सरकारले सोच्नुपर्दछ ।’

उनले बुबाआमाको लासले छोराछोरी कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार