पहिलो जय नेपाल कप सुरु, ऐश्वर्यको विजयी थालनी

पहिलो जय नेपाल कप सुरु, ऐश्वर्यको विजयी थालनी

धनगढी : कैलालीको धनगढीमा जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाल विद्यार्थी संघ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा आजदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले उद्घाटन गरे । नेपाल विद्यार्थी संघ कैलालीका सभापति मनिष कुँवरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विशिष्ठ अतिथि सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशवहादुर शाह रहेका थिए ।

धनगढीको फाप्ला मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ऐश्वर्य वहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ । ऐश्वर्य वहुमुखी क्याम्पसले टीकापुर वहुमुखी क्याम्पसलाई आठ विकटले हराउँदै सेमिफाईनलमा स्थान पक्का गरेको छ ।

पहिले ब्याटिङ गर्दै टीकापुरले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा एक सय ५२ रनको योगफल बनायो । टीकापुरका लागि विशाल ऐरले अर्धशतकीय पारी खेल्दै ७३ रन बनाए । यस्तै रोशन साउँदले २४ र अशोक विष्टले १७ रन बनाए । ऐश्वर्यका लागि हिक्मत महरा र सुवाश ऐरले दुई दुई विकेट लिए ।

एक सय ५३ रनको विजय लक्ष्य पछ्याएको ऐश्वर्यले १४ दशमलव ५ ओभरमा दुई विकेट क्षतिमा विजय लक्ष्य पुरा गर्यो । ऐश्वर्यका लागि सुवाश ऐरले अर्धशतकीय पारी सहित ७४ रन बनाउँदा अरुण प्रकाश दानीले अविजित ६४ रनको अर्धतशकीय पारी खेले । टीकापुरका लागि कैलाश भट्ट र हिमाल तिमिल्सीनाले एक एक विकेट लिए । खेलमा ऐश्वर्यका सुवाश ऐर म्यान अफ द म्याच भए । उनले नगद दुई हजार सहित ट्रफी पाए ।

टी २० प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, उत्कृष्ट बलर र ब्याटरले जनही पन्ध्र हजार, उदयमान खेलाडीले नगद दश हजार र म्यान अफ द म्याचले जनही दुई हजार एवं ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।स्नातक र स्नाकोत्तर तहका ८ वटा क्याम्पसहरूले प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगिता निर्देशक समुयल न्यौपानेले फाप्ला क्रिकेट मैदान निर्माणमा दबाब दिन र युवाहरूमा क्रिकेटप्रतिको आकर्षण बढाउन प्रतियोगिता गरिएको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार