जब लाइटर बोकेको ट्रकमा कर्णाली नदीको पुलमाथि गुडिरहँदा आगो लाग्यो ?

जब लाइटर बोकेको ट्रकमा कर्णाली नदीको पुलमाथि गुडिरहँदा आगो लाग्यो ?

धनगढी : कैलाली र बर्दिया जोड्ने कर्णाली नदीको पुलमाथि गुडिरहेको ट्रकमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ ।

नेपालगञ्जबाट कञ्चनपुरतर्फ आउँदै गरेको लाइटर बोकेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा कर्णाली पुल भएर अघि बढ्दा अचानक आगलागी भएको थियो ।

दमकल, सुरक्षाकर्मी, जनप्रतिनिधि र सर्वसाधारणको संयुक्त प्रयासमा आगो लगभग नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

आगलागीबाट ट्रकसँगै त्यसमा रहेको लाइटर जलेर नष्ट भएको छ । पुलमा गुडिरहेकै समयमा ट्रकमा आगलागी हुँदा पुलका तारहरूमा समेत क्षति पुगेको छ ।

आगो नियन्त्रणमा लिन कैलालीको लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाको मधुवन नगरपालिकाको दमकल पुगेको थियो । 

ट्रकमा लाइटर भएको र त्यसको ग्यासका कारण आगो नियन्त्रणमा लिन समय लागेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

ट्रकमा एक करोड १० लाख रुपैयाँ बराबरको लाइटर रहेको बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार