धनगढीबाट जुवा तास खेलिरहेको अवस्थामा होटेल सञ्चालक सहित पाँच जना पक्राउ

धनगढीबाट जुवा तास खेलिरहेको अवस्थामा होटेल सञ्चालक सहित पाँच जना पक्राउ

धनगढी : धनगढीबाट जुवा तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । बुधवार अन्दाजी २०ः१५ बजेको समयमा कैलालीको धनगढी उप-महानगरपालिका वडा नं. ०५ हसनपुर स्थित रहेको रोहित होटेलबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहत वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले निजहरू बाट नगद रु.८३,५८५ त्रियासी हजार पाँच सय पचासी मात्र रुपैयाँ र ३ गड्डी तास समेत बरामद गरी निजहरूलाई हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०५ बस्ने वर्ष ४१ को कालूराम चौधरी (होटेल सञ्चालक) जिल्ला बझाङ केदारस्यु गाउँपालिका वडा नं. ०३ बस्ने वर्ष २७ का जय बहादुर खत्री, जिल्ला कैलाली टिकापुर नगरपालिकाका वडा नं. ०६ बस्ने वर्ष ३५ का सिउपाल चौधरी, जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०५ बस्ने वर्ष २३ का रोहित खड्का र जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ४ बस्ने वर्ष ३५ का प्रकाश मडै रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार