अझै सुरु भएन १५ मिनेटलाई स्थगित भएको प्रतिनिधिसभा बैठक

अझै सुरु भएन १५ मिनेटलाई स्थगित भएको प्रतिनिधिसभा बैठक

काठमाडौँ : नेपाली कांग्रेसका सांसद्को अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्रीको जवाफ माग्दै नेपाली कांग्रेसका सांसद्हरुले बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए ।

बैठक स्थगित गरेर सभामुख घिमिरेले दलहरूसँग सहमति जुटाउन छलफल गरिरहेका छन् । आजको बैठकमा उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो । तर नेपाली कांग्रेसका सांसद्हरुले मन्त्रीहरूमाथि उठेका प्रश्नको जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने अडान राखेर विरोध गरेका थिए ।

कांग्रेसको अवरोधकै बिच सभामुखले बैठक चलाउन खोजेपछि कांग्रेसका प्रमुख सचेतक समेत रहेका नेता रमेश लेखकले जबरजस्ती गरिए कांग्रेसले बेल घेर्ने चेतावनी दिएका थिए । त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार