वैदेशिक रोजगारमा गई फर्किएका पुरुषहरूमा निःसन्तानता समस्या बढी देखिँदै छ : डा. आचार्य

स्वस्तिक हस्पिटलमा निःशुल्क निःसन्तानता परामर्श शिविर सम्पन्न

वैदेशिक रोजगारमा गई फर्किएका पुरुषहरूमा निःसन्तानता समस्या बढी देखिँदै छ : डा. आचार्य

धनगढी: धनगढीको सहिद गेट स्थित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलमा निःशुल्क निःसन्तानता परामर्श शिविर सम्पन्न भएको छ । शनिवार बिहान १० बजे देखी ५ः३० बजे सम्म सञ्चालन रहेको उक्त शिविर दुई चरणको सेवा दिँदै भव्यताका साथ सम्पन्न भएको हो । 

इन्दिरा आईभिएफ क्लिनिक नेपाल काठमाडौँ सँगको सहकार्यमा आयोजना गरिएको निःशुल्क निःसन्तानता परामर्श शिविरमा पहिलो चरण अन्तरगत प्रोजेक्टरको मध्यमबाट हस्पिटलको सभा हलमा मास परामर्श दिइएको थियो भने दोस्रो चरण अन्तरगत ओन टु ओन ओपिडी परामर्श मार्फत ६२ जना बढी सेवाग्राहीलाई शिविर मार्फत परामर्श सेवा प्रदान गरिएको अस्पताले जनाएको छ । 

उक्त निःशुल्क निःसन्तानता परामर्श शिविरमा  प्रसूति तथा स्त्री रोग एवं बाँझोपन विशेषज्ञ डा. मनीषा आचार्यले परामर्श दिनुभएको थियो । डा.आचार्यका अनुसार उक्त परामर्शका क्रममा पुरुष निशन्तानताको सङ्ख्या बढी देखिएको छ । 

‘आज यहाँ वैदेशिक रोजगारबाट फर्किएका पुरुषहरूमा निःसन्तानताको समस्या देखियो । यो उहाँहरूले अत्यधिक तातो तापक्रममा लामो समय काम गर्दा उत्पन्न भएको देखिन्छ । भने महिलाहरूमा महिनावारी अनिमीयत र महिनावारीको समयमा अत्यधिक पेट दुख्ने समस्यालाई समयमै समाधान नगर्दा उक्त समस्याका कारण अन्य सङ्क्रमणहरू समेत हुन गएकोले महिलाहरूमा निःसन्तानता समस्या भएको आजको अन्तरक्रिया परामर्शका क्रममा मुख्य समस्या देखा पर्न गयो ।’ डा. आचार्यले भन्नुभयो । 

समयको अभाव होस् या आर्थिक समस्याले विषय विज्ञहरूको सुझाव लिनबाट वञ्चित दम्पतीहरूको सन्तान सुख प्राप्ति बाट उहाँहरूको खुसी खोज्ने प्रयत्नमा सहयोगी बन्ने प्रयास स्वरूप धनगढीमा निःशुल्क निःसन्तानता परामर्श शिविरको आयोजना गरिएको बताउँदै  स्वस्तिक हस्पिटल धनगढीले नव दम्पती तथा युवा दम्पतीहरू लाई विवाह पश्चात् बच्चा जन्माउने प्रयास गर्दा बच्चा नबसेमा सिधै आईभिएफ सेवा लिई हाल्नु पर्ने आवश्यकता नभए पनि विशेषज्ञ डाक्टरहरू को सुझाव सल्लाह पश्च तको उपचार मार्फत सन्तान सुख प्राप्त गर्न सकिने हुँदा समयमै आफ्नो स्वास्थ्य समस्याका बारेमा थाहा पाई प्राथमिक उपचारको प्रक्रिया प्रारम्भ गर्न आग्रह गर्दै सेवाको मौका प्रदान गर्नु हुने तपाई सबै जना प्रति आभार प्रकट गरेको छ ।

स्वस्तिक हस्पिटल धनगढीले स्थापना काल देखी नै हस्पिटलमा हुने सबै खाले उपचार गराउँदा सबै वार्ड तथा स्थानहरूमा मौसमको अवस्थाको आधारमा चिसो तातो (एसी) जडित संरचना, आवश्यकताको आधारमा आरामदायी क्याबिनबाट सेवाहरू प्रदान गर्दै आएको छ । भने सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय एवं बेसहारा प्रमाणित व्यक्तिहरूका लागी ३ ओटा बेड मार्फत निःशुल्क उपचार सेवा प्रदान गर्नुका साथै मात्र एक हजार रुपैयाँमा परिवार स्वास्थ्य प्याकेज र ५ हजार पाँच सय रुपैयाँमा होलबडी चेकजाँच सेवा समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।

त्यस्तै, आइतबार देखी शुक्रवार सम्म निरन्तर (ओपिडी) बहिरङ्ग सेवा मार्फत र इमरजेन्सी सेवा अन्तरगत हप्ताका सातै दिन २४ घण्टा निरन्तर सेवा प्रदान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार