आगलागीका कारण बन्द सुदूरको प्रवेशद्वार कर्णाली पुल सुचारु 

आगलागीका कारण बन्द सुदूरको प्रवेशद्वार कर्णाली पुल सुचारु 

धनगढीः आगलागीका कारण बन्द भएको कर्णालीको पुल सोमबार देखि खुलेको छ। आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलेको हो। 

नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले ‘पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ,।’

गत सोमबार पुलमा आगो लागेको थियो। पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा लाग्दा केही क्षति भएको थियो। विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार