यसपालिको होलीमा रङ्गहरू सँग रमाउन धनगढी रङ्गशाला आउँदै गायक शिव परियार 

यसपालिको होलीमा रङ्गहरू सँग रमाउन धनगढी रङ्गशाला आउँदै गायक शिव परियार 

धनगढी : यस पटकको होली मनाउन लोकप्रिय गायक शिव परियार धनगढी आउने भएका छन् । धनगढीमा विगतका वर्षहरुमा पनि होली विशेष कार्यक्रमको आयोजना गर्दै आइरहेका रकस्टार मिडिया र रेडियो धनगढीले आयोजना गर्ने होली उत्सव २०८० मा आफ्नो प्रस्तुति राख्न गायक परियार धनगढी आउने भएका हुन् । 

यस पटकको होली यही चैत्र ११ र १२ गते परेको छ । भने होली उत्सव धनगढी स्थित पार्क छेउको रंशालामा आयोजना हुन गइरहेको छ । 

दर्शक श्रोताहरु माझ बहुचर्चित रहेका, संघर्षले खारिएका गायक शिव परियार सर्लाहीमा जन्मेका नेपाली गायक हुन । लामो समय देखि शास्त्रीय संगीत सिकेर, संगीत प्रशिक्षण र व्यावसायिक गायनमा लागेका परियारका ‘कादम्बिनी’, ‘क्या दामी’ लगायत पाँच एल्बम बजारमा आइसकेका छन्। उनी अहिलेका चलेका नेपली गायक हुन्। यसबाहेक उनी नेपाली चलचित्रहरूका लागि पनि गीत गाउने गर्छन् भने उनी अहिले पुरानै गीतहरूको परिमार्जनमा जुटेका छन्।

गायक परियारकाे पिउँदिन भन्दा भन्दै पिलायो साथीले, गीत हेराैं, सुनाै..

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार