युट्युबले तीन महिनामा किन हटायो विश्वभरबाट साढे नौ करोड बढी भिडिओ ?

युट्युबले तीन महिनामा किन हटायो विश्वभरबाट साढे नौ करोड बढी भिडिओ ?

काठमाडौं : युट्युबले तीन महिनामा विश्वभरबाट साढे नौ करोड बढी भिडिओ हटाएको छ । कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको भन्दै युट्युबले गत अक्टोबरदेखि डिसेम्बरसम्म नौ करोड ५५ लाख ३४ हजार युट्युब भिडिओ हटाएको हो ।

यसअन्तर्गत कम्पनीले दुई करोड पाँच लाख ९२ हजार ३४१ च्यानल हटाएको छ । च्यानल खारेज भएसँगै त्यसमा रहेका सबै भिडिओ स्वतः हटेका छन् । युट्युबको एक रिपोर्ट अनुसार सबैभन्दा बढी भारतका भिडिओ हटेका छन् । यो तीन महिनामा भारतका २२ लाख ५४ हजार ९०२ भिडिओ डिलिट भएका छन् ।

भारतपछि सिंगापुरमा १२ लाख ४३ हजार, अमेरिकामा सात लाख ८८ हजार, इन्डोनेसियामा सात लाख ७० हजार र रुसमा पाँच लाख १६ हजारभन्दा बढी भिडिओ डिलिट भएका छन् । 

रिपोर्ट अनुसार युट्युबको कम्युनिटी गाइडलाइन्स पालना नगरिएका भिडिओमध्ये ९६ प्रतिशत भिडिओ ‘अटोमेटेड फ्ल्यागिङ सिस्टम’ मार्फत स्वतः हटेका थिए । 

युट्युबका अनुसार ९० दिनमा तीन ओटा कम्युनिटी गाइडलाइन्स स्ट्राइक पाएका तथा एउटा मात्रै गम्भीर प्रकृतिको दुर्व्यवहार सहितको कन्टेन्ट राखेमा त्यस्ताे च्यानल खारेज हुन्छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार