आज खखडेहरा पर्व मनाइँदै

आज खखडेहरा पर्व मनाइँदै

राना थारु समुदायले आज होरीको क्रममा मनाइने खखडेहरा पर्व मनाउँदै छन । यो राना थारु समुदायको सबैभन्दा ठूलो पर्व हो । राना थारु समुदायले एक महिना आठ दिनसम्म होरी पर्व मनाउने गर्दछन् ।

आज त्यसको अन्तिम दिन खखडेहरा मनाइन्छ । राना थारू समुदायले परम्परागत ‘खखडेहरा पर्व’ मङ्गलबार मनाइरहेका छन् । मुलुकमै कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा परम्परगत शैलीमा मनाउने गरेका छन् ।

राना थारूको धार्मिक एवं सांस्कृति महत्व बोकेको खखडेहरा पर्वको आफ्नै विशेषता रहेको छ । यो पर्वमा समुदायका नागरिकहरुको दीर्घायु, रोगब्याधी नलागोस् भनेर खखडेहरा पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत स्थानीयले गर्ने प्रचलन रहेको छ । राना थारू समुदायमा एक महिनासम्म होली मनाउने प्रचलन छ । फागू पूर्णिमादेखि पम्परागत शैलीमा एक महिना राति होली खोलिन्छ ।

खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरु खखडेहरा फुटाउन जान्छन । खखडेहरन फुटाउन जाँदा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङग्रा र सात प्रकारको अन्न, सुकेको गोवर आदि आवश्यक पर्ने गर्दछ । बिहानै खप्टोमा माटोको भाँडा सुइरो गाँसिएका मट्याङ्ग्रा बोक्दै रोगब्याध, भूत प्रेत, लङ्गडी घरघरबाट खखडेहरा लगेर जाने चलन रहेको छ ।

रानाका अनुसार खखडेहरा फुटाएर आउनेहरुले फेरि होलीमा चलाइएको धुलो (खरानी) लिएर गाउँका भलमन्सा, प्रधान, अगुवालगायत सबैको घरमा पुगेर टीका लगाई आशीर्वाद दिने र खुसियाली मनाउने गरिन्छ । गर्मी बढेसँगै प्रकोप बढ्ने समय सुरु हुने भएकाले ती प्रकोपहरु नआऊन् भनेर सामूहिक रुपमा राना थारू समुदायले खखडेहरा पर्व सामूहिक रुपमा मनाउने गरेका छन् ।

यसैबिच खखडेहराको अवसरमा सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ । खखडेहरा पर्वको अवसरमा प्रदेशभरी बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार