गृहवासीद्वारा गण्डकीका प्रदेश प्रमुख भट्टसँग भेट तथा बधाई ज्ञापन, झरे हर्षका आँसु 

गृहवासीद्वारा गण्डकीका प्रदेश प्रमुख भट्टसँग भेट तथा बधाई ज्ञापन, झरे हर्षका आँसु 
तस्बिरः प्रदेश प्रमुख डिल्लीराज भट्टको सचिवालय, गण्डकी प्रदेश

धनगढी: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टसँग गृह बासी नागरिकले भेट तथा बधाई ज्ञापन गरेका छन् । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा अवस्थित जोरायल गाउँपालिकाबाट पोखरा पुगेको करिब ४५ जना कृषि अवलोकन भ्रमणमा रहेको टोली टोलीले भेट गरी बधाई ज्ञापन गरेको हो ।

उक्त कृषि अवलोकन भ्रमण टोलीमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, अग्रज तथा ज्येष्ठ नागरिक जय बहादुर हमाल, मान बहादुर मल्ल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, गाउँपालिका अन्तर्गतका ६ वटा वडाका अध्यक्षहरू जगत मल्ल, वीरबहादुर दर्लामी, नवीन ओझा, नन्दराज भट्ट, ध्वज बहादुर देउवा, गणेश बोहोरा, कार्यपालिका सदस्यहरू, वडाका सदस्यहरू, शाखा प्रमुखहरू, वडाका सचिवहरू, इन्जिनियर लगायतका कर्मचारीहरू को सहभागिता रहेको थियो ।

प्रदेश प्रमुख भट्ट सँग भेटघाटका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै भावुक बनेका जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले लामो राजनीतिक योगदानको कदर स्वरूप प्रदेश प्रमुखको पदमा देख्न पाउँदा अत्यन्त खुसी लागेको बताउँदै ५० वर्ष बढी निष्ठाको राजनीति गर्नुभएका सुदूरपश्चिमका पाका नेतालाई गण्डकी प्रदेशको प्रमुख बनाइँदा समग्र सुदूरकै सम्मान भएको बताए ।

उपाध्यक्ष बोहराले बधाई ज्ञापन कार्यक्रममा हर्षको आँसु झार्दै सुदूरपश्चिमका धरोहरलाई आज गण्डकीमा यो पदमा देख्न पाउँदा खुसीको सीमा नाघेको बताइन् ।

प्रदेश प्रमुख भट्टले सम्मानका लागि आभार व्यक्त गर्दै गाउँ ठाउँ बासीलाई सामुन्ने देख्न पाउँदा अत्यन्त सन्तोष लागेको बताउँदै आभार प्रकट गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार