यस कारण भयो धनगढीबाट उडेको श्री एयरलाइन्सको जहाज पोखरामा अवतरण

धनगढी विमानस्थलमा जहाज ल्याण्ड (अवतरण) गर्ने समयमा चक्का फुस्किएको छ।

धनगढी : धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयरलाइन्सको जहाज अन्तै डाइभर्ट गरिएको छ। आज शुक्रबार विहान ९ः५० मा उड्ने जहाज १० बजे उडेको भएपनी केही समयपछि डाइभर्ट गरिएको हो।

सुरक्षा स्रोतका अनुसार इन्डीकेशनमा समस्या आएकाले जहाज डाइभर्ट भएको हो। धनगढीबाट आज विहान १० बजे उडेको जहाज काठमाण्डौं पुग्न नसकेर पोखरामा अवतरण भएको एक यात्रुले बताएका छन् ।

धनगढीबाट उडेको जहाज पोखरामा अवतरणमा भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए।

जहाजका यात्रुका अनुसार अहिले पनि जहाज पोखरामै छ। यात्रुहरु जहाज अन्तै मोडिदा निकै त्रसित भएका थिए। पोखराबाट जहाज कतिबेला उड्ने हो कुनै जानकारी समेत नगराइएको यात्रुको गुनासो रहेको छ। एक साता अघि मात्र पनी धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाइन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको थियो।

केही समय अगाडिदेखि श्री एयरमा समस्या देखिदै आएको छ। तर जहाज सुरक्षा सर्तकता बारेमा विमानस्थल कार्यालयले ध्यान नदिएको गुनासो सरोकारवालाले गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार