SKIP THIS

S.P.A  Collage

बझाङ उप-निर्वाचनमा यी अनुहार उत्रिदैछन् प्रतिस्पर्धामा ?

बझाङ उपनिर्वाचनमा यी उत्रिदैछन् प्रतिस्पर्धामा ?

बझाङ : उपनिर्वाचनको मिति नजिकिए र उम्मेदवारको टुंगो लागेसँगै बझाङमा दलहरू चुनावको तयारीमा जुटेका छन्। वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ क्षेत्र नं.१ बाट राजनीतिक दलहरुले उम्मेदवारको टुंगो लगाएसँगै चुनावको तयारीमा जुटेका हुन्।

केन्द्रमा सत्ता समीकरण फेरबदल भएर नयाँ गठबन्धन बनेपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी उपचुनावमा तालमेल (गठबन्धन) नगरेरै चुनावको तयारीमा जुटेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेश सभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेकाले उम्मेदवार तय गरेको छैन। कांग्रेस प्रतिपक्षी कित्तामा पुगेको छ। जसकारण चुनावको तयारीका लागी राजनीतिक दलहरुले एक्ला एक्लै उम्मेदवार खडा गरेर चुनाव आफ्नो पक्षमा पार्न लागेका छन् ।

बझाङ प्रदेश सभा (१) का लागि सिफारिसमा परेका १० जनाबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चार दिन लगातार बैठक गरी बिहीबार अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । टिकट प्राप्त गरेका अभिषेक दुर्घटनामा निधन भएका सुदूरपश्चिमका तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् । गत असारमा तत्कालीन मन्त्री सिंहको सडक दुर्घटनामा मृत्यु भएको थियो । अभिषेककी आमाको पनि उक्त दुर्घटनामा मृत्यु भएको थियो ।

सिंहलाई टिकट दिलाउन सभापति शेरबहादुर देउवाको जोड थियो । पार्टीभित्रको अर्को समूह (शेखर–गगन) पक्षले भने जिल्लाका पाका नेता जगत जोशीलाई उम्मेदवार बनाउन चाहेको थियो । दुर्घटनामा बुबारआमाको मृत्यु भएको कारण देखाउँदै छोरालाई टिकट दिनुपर्ने मत देउवाले पार्टी बैठकमा राखेका थिए ।

प्रदेश सभामा टिकट पाएका सिंह गत निर्वाचनमा स्थानीय तहको वडाध्यक्षमा भने पराजित भएका थिए । जयपृथ्वी नगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा तेस्रो स्थानको मत सिंहले पाएका थिए । उनी नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै पार्टी राजनीतिमा आएका हुन् । सिंहका लागि अघिल्लोपटक कांग्रेसले जितेको स्थान कायम राख्नुपर्ने चुनौती छ । गत निर्वाचनमा गठबन्धनबाट कांग्रेसले जितेको थियो । कांग्रेसका सिंहले १७ हजार ११२ मत ल्याएर निर्वाचित भएका थिए । उनले एमालेका अफिलाल ओखेडालाई पराजित गरेका थिए । ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । उक्त क्षेत्रमा राप्रपा नेपाल तेस्रो र राप्रपाले चौथो स्थानको मत ल्याएका थिए ।

यसपटक सत्ताका लागि नयाँ समीकरण बनेकाले कांग्रेस एक्लो बलमा चुनावमा होमिनुपर्ने अवस्था छ । त्यस समय सिंहलाई माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन थियो । कांग्रेसले जितेको स्थान बझाङमा गुम्न नदिने सुदूरपश्चिमका कांग्रेस सभापति वीरबहादुर बलायरले दाबी गरे । कांग्रेस सभापति बलायरले युवा उम्मेदवार उठाएका बताए । उनले गठबन्धनको मत अघिल्लोपटक पनि धेरै नआएकाले आफुहरुको पार्टिको उम्मेदवारले जित्ने दाबी गरे । गत निर्वाचनको पाएको मतको आधारमा प्रतिस्पर्धी शक्ति कांग्रेस र एमाले देखिएका छन् । उपनिर्वाचनमा एमालेबाट अघिल्लो चुनावमा प्रतिस्पर्धा गरेका उम्मेदवार हुन पाएनन् । आकांक्षीहरू बीच प्रतिस्पर्धा गराएर एमालेले जिल्ला अध्यक्ष दमन भण्डारीलाई उम्मेदवार तोकेको छ ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटीमा आकांक्षी ६ जनाबीच मतदान गराउँदा भण्डारीले सबैभन्दा धेरै मत पाएका थिए । ९४ मत प्राप्त गरेर अरू आकांक्षीलाई पछि पारेका भण्डारी उम्मेदवार बने । भण्डारी निर्विरोध जिल्ला अध्यक्ष चयन भएका थिए । गठबन्धनका दलबीच चुनावी तालमेल हुन नसकेपछि आ–आफ्ना उम्मेदवार तय गरेका छन् । माओवादी केन्द्रको तल्लो तहले जनक बुढाको एकल नाम केन्द्रमा सिफारिस गरेको छ । बुढा माओवादी केन्द्र सुदूरपश्चिमका सचिव समेत हुन् । उनी दोस्रो संविधान सभाका सदस्य हुन् । इलाम–२ मा एमालेलाई सहयोग गर्ने भएकाले बझाङमा माओवादीलाई एमालेले सघाउनुपर्ने बुढाले तर्क गरे । उनले माओवादीलाई सघाउन भनेको र एमालेले समर्थन नगरे मित्रवत् प्रतिस्पर्धा हुने बताए ।

सत्ता गठबन्धनको अर्को दल एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिंह एमालेका पूर्व जिल्ला अध्यक्ष समेत हुन् । उनी तत्कालीन नेकपामा पनि बझाङका जिल्ला अध्यक्ष थिए । जनता समाजवादी पार्टीले बझाङबाट रामबहादुर जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले संघीय परिषद् सदस्य जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जाग्री २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका जाग्रीले २०३ मत पाएका थिए । उनी जसपाका केन्द्रीय सम्पर्क समितिका अध्यक्ष समेत हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बझाङ जिल्ला प्रदेश निर्वाचनको लागि किशोर खड्कालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

प्रदेश सभा क्षेत्र नम्बर १ मा वैशाख १५ गते हुने निर्वाचनको लागि खड्कालाई अघि सारेको हो ।तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनसँग हारेको एमाले अहिले त्यो हारको बदलामा जित निकाल्दै दाउमा छ। २०७४ सालको चुनावमा पनि बझाङ १ मा एमालेले जितेको थियो। नेपाली कांग्रेसलाई २०७९ को जित जोगाउने चुनौती छ। माओवादीको साथमा जित हात पारेको कांग्रेसको कित्तामा अहिले माओवादी छैन। कांग्रेस एक्लै चुनावमा होमिएर जितमा निरन्तरता दिन चाहन्छ। नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राप्रपा पनि जित निकाल्ने दाउका साथ चुनावी मैदानमा उत्रिएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार