अबैध भन्सार छलिका सामान बरामद, आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

सुदूरपश्चिम प्रदेश प्रहरी बुलेटीन : अवैध भन्सार छलीका सामान बरामद, सवारी दुर्घटनामा मानिसको मृत्यु

धनगढी, २७  चैत्र ।

कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१ त्रिबेणीघाट, ऐ.२ ट्राफिक चौराह नजिकबाट र भजनी न.पा.६ महादेउलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६३,६८०।– बराबरको प्याज,चिनी, बिष्कुट,चप्पल,तेल,पानीपुरी लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० सुकासाल, बेलौरी न.पा. १ फटैया र ऐ.६ नकैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७८,१७५।– बराबरको प्याज,मिठाई,बिष्कुट,ललिपप,जिरा,लत्ताकपडा लगायतका सामानहरु सोमबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

                                                             फरार प्रतिवादी पक्राउ                                                                         

कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

निम्न:-

  • लागू औषध मुद्दामा रु.५,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १० बस्ने रोहित राना ।
  • बिदेशी बिनिमय अपचलन मुद्दामा रु.२,००,१८७।५ जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१ बस्ने राम बहादुर थापा ।
  • ठगी मुद्दामा रु.१०,०००।-  जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने बिरेन्द्र सिंह ।

                                           जुवातास खेलिरहेको अबस्थामा दश जना पक्राउ                                                       

     कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा.११ घोडसुवा स्थित सोही ठाँउ बस्ने बर्ष ५८ को रामशरण रानाले संचालन गरेको ग्रिन पिस कटेजबाट जुवातास खेलिरहेको अवस्थामा कटेज संचालक सहित दश जना मानिसहरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उक्त कटेजमा चेकजाँच गर्दा उनिहरुलाई नगद रु.५८,१९०।- र ३ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

                                                 अबैध लागू औषध सहित मानिस पक्राउ                                                              

     कैलाली:- जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ बुद्दचोक स्थित जन आवाज FM नजिकबाट २ ग्राम ५७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.कैलारी गा.पा.८ बस्ने बर्ष २४ को सन्जु चौधरी समेत तीन जनालाई  सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो  । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरु बस्ने कोठाबाट चामलको बोरा भित्र लुकाई छिपाई राखेको अबस्थामा उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरुलाई पक्राउ गरेको हो ।

     यसैगरी, जिल्ला कैलाली, घोडाघोडी न.पा.१० आमखैया जंगल स्थित १०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ऐ.गौरीगंगा न.पा.९ शंकरपुर बस्ने बर्ष २८ को अनिल बहादुर भुललाई  सोमबार राती प्रहरीले पक्राउ गरेको हो  । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी सुखड कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

                                         आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट                                                               

      डोटी:- जिल्ला डोटी, पुर्बी चौकी गा.पा.३ सेरागाउँ स्थित गगन सिंह खड्काको काठ र जस्ता पाताले बनेको १ तले कच्ची घरमा बिजुलीको तार सट हुन गई सोमबार बिहान आगलागी हुदाँ  घर सहित घर भित्र रहेका रहेका खाद्धान्न, लत्ताकपडा,फर्निचर, भाँडावर्तन, मोबायल थान २ लगायतका सामानहरु गरि अन्दाजी रु. ५,००,०००/-(पाँच लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको । उक्त आगलागी स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार