नयाँ वर्षको पहिलो दिन आज देशका पहाडी क्षेत्रमा मौसम बदली

Mausam

काठमाण्डौ : नयाँ वर्षको पहिलो दिन आज देशका पहाडी धेरैजसो क्षेत्रमा मौसम आंशिक बदली छ । आज बिहान कोशी, बाग्मती प्रदेशमा तथा दिउँसोपख सुदूरपश्चिमलगायत पहाडी क्षेत्रमा मौसम आंशिक बदलीको सम्भावना छ । थोरै ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको पनि सम्भावना छ ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार आज दिउँसोपछि पहाडी क्षेत्र विशेषगरी मध्य र पूर्वमा हावाहुरीको पनि सम्भावना छ । यो बेला घरबाहिर निस्कदा छाता र ओत बोक्न तथा अरु सावधानी अपनाउन पनि उहाँको सुझाव छ ।

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । प्रि–मनसुनको यो बेला जुनसुकै बेला पनि मौसम बदली भई छिटफुट पानी पर्ने सम्भावना हुन्छ । मेघगर्जन, छिटफुट वर्षा तथा हावाहुरीले जनजीवन प्रभावित हुने हुँदा सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार