नयाँ वर्ष २०८१ को पहिलो दिन धनगढीमा २५ जनाद्वारा जीवन दान 

नयाँ वर्ष २०८१ को पहिलो दिन धनगढीमा २५ जनाद्वारा जीवन दान 

धनगढी: नयाँ वर्ष, विक्रम संवत् २०८१ को पहिलो दिन आज शनिवार धनगढीमा २५ जनाले रक्तदान अर्थात् जीवन दान गरेका छन् । नेपाल रेडक्रस सोसाइटिको सहयोगमा धनगढी स्थित ईन्टरनेस्नल करियर काउन्सीलिङ्ग सेन्टर (आइसिसी) ले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत सङ्कलन भएको हो । 

आज नयाँ वर्षको उपलक्षमा आफ्ना देशैभरका शाखाहरूमा रक्तदान कार्यक्रमको आयोजना गरेको आइसिसीले प्रधान कार्यालय काठमाडौँमा भएको रक्तदान कार्यक्रमबाट ७५ पिन्ट रगत सङ्कलन भएको जनाएको छ ।

नेपालीहरू लाई विद्यार्थी भिसामा क्यानडा जान सघाई रहेको आइसिसीको सुदूरपश्चिमका लागि धनगढीमा एक मात्र शाखा रहेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

67%

खुसी

33%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार