एक्शन नायक बिराज भट्टको नयाँ फिल्म ‘१२ गाउँ’बाट मोडल सनिसाले नेपाली फिल्म क्षेत्रमा डेब्यू गर्ने

एक्शन नायक बिराज भट्टको नयाँ फिल्म ‘१२ गाउँ’बाट मोडल सनिसाले नेपाली फिल्म क्षेत्रमा डेब्यू गर्ने

एक्शन नायक बिराज भट्टको नयाँ फिल्म ‘१२ गाउँ’बाट चर्चित मोडल सनिसा भट्टराईले अब नेपाली फिल्म क्षेत्रमा डेब्यू गर्ने भएकी छिन ।

बिराजले आफ्नो फेसबुकमा सनिसाले आफ्नो नयाँ फिल्म ‘१२ गाउँ’ मा काम गर्ने कुराको जानकारी गराएका छन । फिल्ममा उनको भूमिका दर्शकले रुचाउने समेत जानकारी दिएका छन । बिराजले आफु सनिसा बाट प्रभाबित भएको भाव व्यक्त गर्दै यस्तो लेखेका –‘धेरै संभावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो फिल्म १२ गाउँ मार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्रा सुरुवात गर्दै ।’

उता सनिशाले पनि सामाजिक संजालबाट फिल्ममा अनुबन्धित भएको जानकारी दिँदै उत्साह व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्–‘नेपाली फिल्मका सफल निर्माता, कलाकार विराज भट्टद्वारा निर्देशित तथा निर्माण हुन लागेको फिल्म १२ गाउँमा मुख्य नायिकाको रुपमा अभिनय गर्ने सौभाग्य प्राप्त गरेकी छु । यसको सम्पूर्ण श्रेय मेरा आम दर्शक र १२ गाउँको टिमलाई दिन चाहन्छु । हजुरहरूको आर्शीवाद र सल्लाह सुझावका कारणले नै म आज यहाँसम्म आएकी छु । यो भन्दा धेरै अगाडि सम्म हिँड्ने चाहना छ ।’

यो फिल्ममा बिराजका छोरा समिर भट्टले पनि काम गर्दैछन । फिल्म एक्शन सँगै सामाजिक कथामा बन्नेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार