SKIP THIS

S.P.A  Collage

‘विश्वका लागि प्रेस : वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’

३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाण्डाै : आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेस : वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । दिवस मनाइरहँदा पत्रकारहरूले प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।

‘स्वतन्त्र एवम् बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरिन्छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आयोजनामा अफ्रिकी देश नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्र सङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

नागरिकको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सधैँ सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ ।

यसैबीच नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन पनि आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । भोलिसम्म चल्ने महाधिवेशनमा राष्ट्रिय परिषद् सदस्यहरू सहभागी हुँदैछन् । केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको साङ्गठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार