SKIP THIS

S.P.A  Collage

चर्को गर्मीको मारमा परिरहेका बेला आगामी साता पानी पर्ने प्रक्षेपण सार्वजनिक

आजकाे माैसम यस्ताे रहने, कहाँ कस्तो ?

काठमाडौं : चर्को गर्मीको मारमा परिरहेका बेला आगामी साता पानी पर्ने प्रक्षेपण सार्वजनिक भएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि–मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ ।

यस वर्षको अप्रिल महिना सन् १९०१ पछिकै गर्मी महिनाको रुपमा विश्वमा दर्ज भएको तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । नेपालमा पनि प्रचण्ड गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । गर्मीकै कारण रुपन्देहीमा दुई दिन विद्यालय बन्द गरिएको छ ।

यस वर्ष हिउँदयाम पनि सुक्खा बित्यो । हिउँदयाममा सरदर ६० प्रतिशत पानी पर्नुपर्नेमा करिब २१ मिलिमिटर मात्र पानी परेको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल बताउँछिन् ।

हिउँदपछि सुरु भएको प्रिमनसुन पनि अहिलेसम्म सुक्खा छ । मार्चदेखि मे महिनासम्मको अवधिलाई प्रिमनसुन अवधि मानिन्छ । लामो समयदेखि पानी नपरेकाले गर्मीसँगै डढेलोका घटनाहरु पनि बढिरहेका छन् ।

राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल आइतबारपछि पानी पर्ने सम्भावना रहेको र त्यसबाट डढेलो नियन्त्रणमा सहयोग मिल्नेमा आशावादी छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार