SKIP THIS

S.P.A  Collage

सुदूरका कुल ब्वायले ‘होस्टेल ३’ बाट फिल्म अभिनयमा डेब्यु गर्ने

सुदूरका कुल ब्वायले ‘होस्टेल ३’ बाट फिल्म अभिनयमा डेब्यु गर्ने

काठमाडौं : ‘कन्टेन्ट क्रिएटर’का रुप्मा चर्चित पारस बम अर्थात कुल ब्वाय अब फिल्म खेल्ने भएका छन् । उनले ‘होस्टेल ३’ बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएका हुन् ।

फिल्म निर्माताले शुक्रबार सामाजिक सञ्जालका यी सेलिब्रेटीलाई लिएर फिल्म बनाउने जनाएका छन् । उनलाई फिल्मको शीर्ष कलाकारको रुपमा चिनाइएको छ ।

उनी टिकटक, युट्युब र फेसबुक–इन्स्टाग्राम रिल्स लगायतका सामाजिक सञ्जाल प्लाटफर्ममा चर्चित छन् । होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोर र उनीहरूको भविष्यका घटनामा आधारित फिल्म निर्माण हुन लागेको हो ।

यसअघि यो फिल्मको अघिल्ला भागबाट अनमोल केसी, नाजिर हुसेन, स्वस्तिमा खड्का, सलोन बस्नेत, सुशील सिटौला, सुशील श्रेष्ठ लगायतले फिल्ममा डेब्यु गरिसकेका छन् । यो सूचीमा कुल ब्वाय पनि जोडिएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार