गायिका एलिना चौहानको आवाजमा “मायाको दलाली” सार्वजानिक (भिडियो सहित)

लोकप्रिय गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मायाको दलाली’ सार्वजनिक भएको छ ।

लोकप्रिय गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मायाको दलाली’ सार्वजनिक भएको छ । गणेश अधिकारीको शब्द, नवीन कार्कीको सङ्गीत, विशाल निरौलाको एरेञ्ज र मिक्सिङ–माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गौरव गिरीको निर्देशन रहेको गीतको भिडियोमा क्रिष्टिना रेग्मी जिबी चिरन ,राज कुमार,भावना क्षेत्री , विपना बुढाथोकी साजन दिवाले, फिचर्ड छन् । भिडियाेमा मायामा घात कसरी हुन्छ, एक अर्काको विश्वासलाई कसरी तोड्न सक्छन् भन्ने कुरा कलाकारिताको माध्यम बाट देखाइएको छ।


यही गीत बाट डेब्यु गरेकी मोडेल क्रिष्टिना रेग्मीको काम लाई दर्शकहरुले मन पराएका छन् । लामो समय देखि कलाकारिता क्षेत्रमा काम गर्दै दर्शकहरुको मन जितिरहेको मोडेल जिबी सँगै क्रिष्टिना पनि फीट देखिएकी छिन् ।
दीपक गिरीको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन दीन्सन शाहले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोतारदर्शकमाझ पस्किएका छौ सबैको माया पाउँनेमा आशावादी रहेकाे निर्देशक गौरव गिरीले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार