SKIP THIS

S.P.A  Collage

नेपालको नक्सा नोटमा समावेश गर्दा अरु देशले चिन्ता गर्नु पर्दैन : ओली

राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहीत विपरीत अभिव्यक्ति दिनु निन्दनीय

नेपालको नक्सा नोटमा समावेश गर्दा अरु देशले चिन्ता गर्नु पर्दैन : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन् ।

टोखामा नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको आज शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे। उनले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरूको महत्वपूर्ण भूमिका रहनेमा जोड दिएका हुन् ।

भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त, विद्या भट्टराईलगायतले सम्बोधन गर्दै शुभकामना दिए। दुई सञ्चालन हुने भेलामा देशभरका बुद्धिजीवीहरूको सहभागिता रहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिए ।

  • राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहीत विपरीत अभिव्यक्ति दिनु निन्दनीय

ओलीले राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहीतका विपरीत अभिव्यक्ति दिनु निन्दनीय भएको बताएका छन् । एक सय रुपैयाँमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णयका विषयमा राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले दिएको अभिव्यक्ति निन्दनीय भएको बताएका हुन् ।

उनले नेपालीले कर तिरेको पैसाले राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहीतका विपरीत अभिव्यक्ति दिनु गम्भीर बिषय भएको समेत बताए । ओलीले देशको सर्वोच्च संस्था राष्ट्रपति कार्यालय देशको अहित कुरा गर्नेहरूको गुँड लगाउने ठाउँ नभएको जिकिर गरे । उनले नेपालीको देशभक्तिलाई चुनौती दिने अधिकार कसैलाई पनि नभएको धारणा राखे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार