SKIP THIS

S.P.A  Collage

धनगढीको एसपीए कलेज र साइप्रसको लेड्रा कलेज बिच सम्झौता

धनगढीको एसपीए कलेज र साइप्रसको लेड्रा कलेज बिच सम्झौता

धनगढी : सुदूर पश्चिमाञ्चल क्याम्पस (एसपीए कलेज) धनगढीले साइप्रसको लेड्रा कलेजसँग सम्झौता गरेको छ । सोमबार युनिभर्सिटी अफ सुन्दरल्याण्ड बाट संवर्द्धन प्राप्त साइप्रसको कलेजसँग शैक्षिक गतिविधिहरू मा साझेदारी गर्ने गरी सम्झौता गरिएको हो ।

समझदारी पत्रमा एसपीए कलेज धनगढीका तर्प बाट क्याम्पस प्रमुख योगराज उपाध्याय र लेड्रा कलेज साईप्रसका तर्फबाट कलेजका अन्तर्राष्ट्रिय मामिलाका निर्देशक निकोलस जर्जियोले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्र साटासाट गर्ने क्रममा बोल्दै लेड्रा कलेजका अन्तर्राष्ट्रिय मामिला निर्देशक जर्जियोले यो सम्झौता सँगै एसपीए कलेज र लेड्रा कलेज बिच इन्टर्नसिप तथा शैक्षिक कार्यक्रमहरू विशेष गरी बैचलर अफ होटेल म्यानेजमेन्ट, बिजनेस म्यानेजमेन्ट, डिजिटल मार्केटिङ, मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन, मोबाइल, वेभ डेभलपमेन्ट, कानुन, अन्तर्राष्ट्रिय सम्बन्ध, ग्लोबल इकोनोमी र रणनीतिक विषयहरूमा सिकाई प्रक्रियालाई थप व्यवस्थित र सजिलो गर्न आफ्नो कलेजका तर्फबाट शैक्षिक समाग्रीहरु तथा विषय विज्ञहरू को आदान प्रदान गरिने बताए ।

यस्तै, यो सहकार्यले कलेजहरूका फरक फरक सङ्काय भ्रमण, संयुक्त अनुसन्धान परियोजनाहरू (थेसीस लेखन), कलेजका विद्यार्थीहरूलाई नयाँ शैक्षिक अनुभवहरू र अन्तर्राष्ट्रिय एक्सपोजरका लागि अवसरहरू प्रदान गर्न पारस्परिक, विश्वव्यापी शैक्षिक उपस्थिति बढाउने लगायतका विविध शैक्षिक सम्भावनाहरू मा सहकार्य गरिने पक्रियाको सुरुवात गरिएको एसपीए कलेजका प्रमुख उपाध्यायले बताए ।

एस.पी.ए. कलेजको सभा हलमा सम्पन्न उक्त कार्यक्रम लेड्रा कलेजका अन्तर्राष्ट्रिय मामिला निर्देशक जर्जियो, एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय, लेड्रा कलेजका अन्तर्राष्ट्रिय भर्ना अधिकृत सुमन अधिकारी र एसपीए कलेजका विभागीय प्रमुख मनोज भट्टको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार