SKIP THIS

S.P.A  Collage

एस.पी.ए कलेजका ८ जना विद्यार्थीले पाए युरोपको हयात रेजेन्सीमा पेड इन्टर्नसिपको अवसर

एस.पी.ए कलेजका ८ जना विद्यार्थीले पाए युरोपको हयात रेजेन्सीमा पेड इन्टर्नसिपको अवसर

धनगढी : सुदूरपश्चिमको पहिलो आइटी बेसड कलेज सुदूर पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले युरोपको हयात रेजेन्सी कोटर बे रिसोर्ट मोन्टेनेग्रोमा पेड इन्टर्नसिप (तलबसहित) को अवसर पाएका छन् । कलेजमा अध्ययन गरेका बि.एच.एम तेस्रो ब्याचका ८ जना विद्यार्थिहरुले सो अवसर पाएका हुन् ।

उनीहरू मध्ये अनुष्का भट क्षेत्री (हाउस किपिङ), अशोक चौधरी, विकास पौडेल, विक्रम बहादुर खड्का र शमशेर बटाला (किचेन) विभागमा तथा खगेन्द्रबहादुर साउद, महेश राणा र महेश परियारले (फुड एण्ड वेभरेज) विभागमा इन्टनसिपको अवसर पाएका छन् ।

यसअघि पनि एसपीएमा बीएचएम अध्ययनरत विद्यार्थीहरूले युएई, दुबईको विश्व प्रसिद्ध पाँच तारे होटेल ‘द मेरियट्स मार्किस’, बहराइनको विश्व प्रसिद्ध पाँचतारे होटेल क्राउन प्लाजा एचजीमा, लगायत मलेसिया, कतार, बहराइन, अमेरिका भारत, मालदिभ्सलगायत तथा नेपालकै फाइभस्टार होटेल हरू मा रोजगारीको अवसर पाइसकेका छन् ।

एसपीएका क्याम्पसका बि.एच.एम. विभाग प्रमुख रवीन्द्र परियारले विद्यार्थीहरू लाई आगामी जीवनको शुभकामना दिँदै एसपीएले अध्ययन सँगसँगै विद्यार्थीहरूको भविष्यको पनि सुनिश्चितता गरिदिने बताए ।

‘सुदूरपश्चिममा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बीएचएमको सबैभन्दा ठुलो कार्यक्रम एसपीएमा मात्रै छ । सुदूरपश्चिममा बीएचएमका लागि आफ्नै छुट्टै आधुनिक सम्पूर्ण स्रोत साधन युक्त ल्याब, प्रयोगात्मक कक्षाहरू का लागि आफ्नै किचेन र ब्रेड बक्स बेकरी क्याफे आफ्नै भएको, बार, रेस्टुरेन्ट, हाउस किपिङ भएको एक मात्रै शैक्षिक संस्था एसपीए हो ।’ परियारले भने ।

जुनसुकै सङ्कायबाट आएका विद्यार्थीले पनि बीएचएम पढ्न पाउँछन् । हरेक विषयमा १.८ वा डी प्लस जिपिए आएको हुनुपर्छ । त्रिविको छात्रवृत्ति, प्रवेश परीक्षा टप गर्ने, गरिब जेहेन्दार विद्यार्थीलाई पनि क्याम्पसले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एक वर्षे बीएड तथा माध्यमिक तह (प्लस टु)मा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटेल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

कलेजमा पूर्ण रूपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरू छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विद्यार्थीहरू लाई प्रशिक्षित गराइन्छ ।

टाढाबाट आउने विद्यार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरू गठन गर्दै विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् ।

कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी मात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका तथा अन्य विशेष क्षमता भएका विद्यार्थीहरू का लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार