SKIP THIS

S.P.A  Collage

चार जना पत्रकारलाई २५ लाख रुपैयाँको खोजमूलक पत्रकारिता पुरस्कार प्रदान

चार जना पत्रकारलाई २५ लाख रुपैयाँको खोजमूलक पत्रकारिता पुरस्कार प्रदान

काठमाडौं : बारबरा फाउण्डेसनले चार जना पत्रकारलाई २५ लाख रुपैयाँको खोजमूलक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा फाउण्डेसनले चार जना पत्रकारलाई ‘खोजमूलक पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरेको हो ।

१६ लाख रुपैयाँको प्रथम पुरस्कार पत्रकार देवेन्द्र भट्टराई तथा मात्रिका दाहाललाई प्रदान गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको खोजमूलक रिपोर्टिङ गरी उक्त प्रकरणलाई छानबिनको दायरामा ल्याउन सफल भएकोमा पत्रकारद्वय भट्टराई र दाहाललाई उक्त पुरस्कार दिइएको फाउण्डेसनले जनाएको छ ।

त्यस्तै, छ लाख रुपैयाँको दोस्रो पुरस्कार पत्रकार दिपा दाहाललाई प्रदान गरिएको छ । चौधरी ग्रुपको स्वामित्वमा गएको बाँसबारी छाला जुत्ता उद्योगको सरकारी जग्गाबारे गरिएको खोजमूलक रिपोर्टिङका लागि पत्रकार दाहाललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै, तीन लाख रुपैयाँको तेस्रो पुरस्कार पत्रकार रमेश कुमारलाई प्रदान गरिएको छ । शेयर बजारमा भएको अनियमिताबारे गरिएको खोजमूलक रिपोर्टिङका लागि उनलाई उक्त पुरस्कार दिइएको हो ।

यसअघि फाउण्डेशनले उक्त पुरस्कारका लागि आवेदन आह्वान गरेको थियो । गत वैशाख २०७९ देखि चैत २०८० सम्म प्रकाशन–प्रसारणमा आएका अनुसन्धानमूलक समाचार सामग्रीमध्येबाट उक्त पुरस्कार दिइएको फाउण्डेशनले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार