SKIP THIS

S.P.A  Collage

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी संकटमा

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले  विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकबाट सोडारीले विश्वासको मत पाएका छन् ।

प्रदेशसभामा कुल २८ सांसद उपस्थित रहेकामा सबै सांसदले सोडारीलाई विश्वासको मत दिएका हुन् । त्यस्तै, उक्त प्रस्तावको विपक्षमा शून्य र तटस्थमा शून्य मत परेको छ । ५३ सदस्यीय प्रदेशसभामा २८ सांसदले पक्षमा मत दिएपछि सोडारीले विश्वासको मत पाएका हुन् ।

नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका सांसदहरूले भने बैठक बहिष्कार गरेका थिए । मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया नै असंवैधानिक रहेको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।

कांग्रेस र रेशम पक्षका सांसदहरू नाराबाजी गर्दै बाहिरिएपछि भएको मतदानमा सोडारीले विश्वासको मत पाएको सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार