SKIP THIS

S.P.A  Collage

स्वस्तिक हस्पिटलद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कृष्णपुरका २९४ जनाले लिए सेवा 

स्वस्तिक हस्पिटलद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कृष्णपुरका २९४ जनाले लिए सेवा 

धनगढी : धनगढीको सहिद गेटमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटल कैलालीद्वारा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २९४ जनाले सेवा लिएका छन् । शनिवार हस्पिटलले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा स्वास्थ्य शिविर आयोजना गरेको थियो । 

अस्पतालले नगरपालिकाको वडा नम्बर ५ मा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १२५ जना बिरामीलाई फीजीसीयन मार्पत परामर्श, १०० जनाको नाक, कान र घाँटीको परीक्षण तथा ६८ जना महिलाको प्रसूति सम्बन्धी समस्याको चेकजाँच गरी जम्मा २९४ जनालाई निःशुल्क औषधी वितरण तथा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो । 

उक्त शिविर स्वस्तिक कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलको प्राविधिक तथा आर्थिक सहयोगमा सम्पन्न भएको र उक्त सहकार्यका लागि कृष्णपुर नगरपालिकाको स्वास्थ्य शाखा गुलरियाले धन्यवाद ज्ञापन गरेको छ । 

यस्तै, स्वस्तिक हस्पिटल धनगढी सधैँ बिरामीहरूको स्वास्थ्य सेवामा समर्पित रहेको बताउँदै हस्पिटलका सञ्चालक दीपेन्द्र तिवारीले बिरामीको उपचार सेवालाई थप स्तरीय बनाउँदै अस्पतालमा हुने सबै खाले उपचार गराउँदा मौसमको अवस्थाको आधारमा चिसो तातो (एसी) जडित संरचना,  सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय एवं बेसहारा प्रमाणित व्यक्तिहरूका लागी निःशुल्क उपचार सेवा प्रदान गर्नुका साथै मात्र एक हजार रुपैयाँमा परिवार स्वास्थ्य प्याकेज र पाँच हजार रुपैयाँमा होलबडी चेकजाँच सेवा सँगै अत्याधुनिक प्रविधि जडित अप्रेसन थ्रेटर, दक्ष तथा अनुभवी विशेषज्ञहरू को सहयोगमा मानव स्वास्थ्यमा आउने हरेक समस्याको निदानमा निरन्तर समर्पित रहेको बताए ।

त्यस्तै, कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले हस्पिटल परिवारलाई सहयोग र समन्वयका लागि धन्यवाद ज्ञापन गर्दै नागरिक सँग मेयर कार्यक्रम सधैँ सबै कृष्णपुर बासीको स्वास्थ्य समस्याको निदान गर्न लागु गरिएको र यस कार्यमा जोडिएर नगर बासीले आफ्नो स्वास्थ्य बारे चासो राख्दै स्वास्थ्य अवस्था बारे चेक जाँच गरेकोमा खुसी व्यक्त गर्नुका साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू लाई प्राथमिकताका साथ निरन्तरता दिने प्रतिवद्धता जनाए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार