गीतकार हिमांशु रायमाझी ‘गोधुली’ को शब्द रचनामा मायामा मायामा बोलको गीत सार्वजनिक

गीतकार हिमांशु रायमाझी 'गोधुली' को शब्द रचनामा मायामा मायामा बोलको गीत सार्वजनिक

नेपाली सँगीत क्षेत्रमा करिब एक दशकदेखि कलम चलाई रहेकी गीतकार हिमांशु रायमाझी ” गोधुली” को शब्द रचनामा मायामा मायामा बोलको गीत सार्वजनिक भएको छ।

गीतमा चर्चित गायक कमल खत्री को सँगीत र स्वर रहेको छ भने कमललाई मनु दाहालले गायनमा साथ दिएकी छिन् ।

सास्वत श्रेष्ठको सँगीत संयोजन रहेको गीतमा प्रीतिका शर्मा र दीपेन्द्र सोनामको अभिनय देख्न सकिन्छ। गीतको भिडियोमा सुरेश पाण्डेकाे काेरियाेग्राफी रहेको छ भने मेराेन राजभण्डारीकाे सम्पादन छ।

गीतलाई निर्देशक मनोज राजभण्डारीले गरेका छन्। गीतकार गोधुलीले यो भन्दा अगाडि दर्जनौँ गीतमा शब्द भरि सकेकी छिन् भने नेपालका स्थापित कलाकारहरू सँग उनको सहकार्य हुँदै आई रहेको छ।

गीतलाई मनु दाहाल युट्युबमा गई हेर्न सकिन्छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार