SKIP THIS

S.P.A  Collage

म्युजिकल पोइट्री ‘कालो प्रकाश’ ले प्रशंसा बटुल्दै, कलाकारहरूको कामको चर्चा

म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक

काठमाडौँ : प्रकाशको रंग कस्तो हुन्छ ? प्रकाशमा कस्ता रङ्गहरूको सम्मिश्रण हुन्छ । के प्रकाशले दिने रङ्गहरूमा जस्तै मनुष्यको जीवन पनि रङ्गिन हुन्छ ? यस्ता विभिन्न प्रश्नहरूको उत्तर दिन खोजिएको म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक गरिएको छ । काठमाडौँको एक कार्यक्रमका बिच उक्त म्युजिकल पोइट्री सार्वजनिक गरिएको हो ।

नेपालमै पहिलो पटक फरक तरिकाले प्रस्तुत गरिएको म्युजिकल पोइट्री ‘कालो प्रकाशमा जीवनका विभिन्न चरणहरू कसरी एक अर्को सँग जोडिएका हुन्छन् ? समय चक्रमा परिक्रमा गर्दै जाँदा तिनको सम्बन्धको बारेमा चित्रण गरेको छ ।

पोइट्रीले मानिसको जीवनमा आउने विभिन्न उतार चढाव र पार हुने विभिन्न घुम्तीहरूको बारेमा प्रस्तुत गरेको छ । थिएटर नाटकमा राम्रो अनुभव बोकेका कलाकारहरू बिराज बास्कोटा, उत्तम केसी नेपाल, रश्मी पाण्डे, जेसिका पोख्रेल, सबृना क्षेत्री, एलिना थपलिया लगायतको अभिनय पनि अब्बल छ ।

एक अर्कोको जीवन सँग जोडिएका पात्रहरू अनि प्रस्तुतीकरण प्रशंसिय छ। सबै कलाकारहरूले पोइट्रीलाई राम्रो न्याय गरेको देखिन्छ ।

पोईट्रीलाई राज शेर्माले लेखन तथा निर्देशन गरेका छन् भने उनकै आवाजमा भरिएको छ । बिषम आचार्यको संगीतमा निर्माण भएको उक्त पोइट्रीमा भिडिओको छायाङ्कन योगेश दाहालले गरेका छन् भने शृङ्गार विक्रम गौतमको रहेको छ ।

मनुष्यको जीवनको सङ्घर्ष कहिले नसकिने र गोरेटोबारे स्पष्ट नहुँदा देखिएका विभिन्न घटनाक्रमको मिश्रणले नयाँ स्वाद प्रदान गरेको छ । यद्यपि, अन्तिममा पोइट्रीले रङ्गिन आशाको किरण पनि प्रदान गरेको छ । यस पोइट्री लाई ओएसआर डिजिटलको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार