SKIP THIS

S.P.A  Collage

स्वस्तिक हस्पिटलमा आयोजित रक्तदान कार्यक्रममा २७ पिन्ट रगत सङ्कलन, उपाध्याय सम्मानित

जेठ ३२ गते सम्म निःशुल्क सुगर र थायराईड जाँच सेवा आम सर्वसाधारणले लिन सक्ने

स्वस्तिक हस्पिटलमा आयोजित रक्तदान कार्यक्रममा २७ पिन्ट रगत सङ्कलन, उपाध्याय सम्मानित

धनगढी : धनगढीको सहिद गेट स्थित स्वस्तिक हस्पिटलमा सम्पन्न रक्तदान कार्यक्रममा २७ पिन्ट रगत सङ्कलन भएको छ । २५६८ औँ बुद्ध जयन्तीको अवसरमा सुदूरपश्चिम बौद्ध दर्शन समाज, रोट्र्याक्ट क्लब धनगढी र स्वस्तिक हस्पिटलको संयुक्त सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका हुन् ।

स्वस्तिक हस्पिटल धनगढीले उक्त अवसरमा उपस्थित सबै व्यक्तिहरूको निःशुल्क सुगर र थायराईड जाँचको समेत व्यवस्था गरेको थियो । जस अन्तरगत इच्छुक १६ जनाले सुगर र ३ जनाले थायराईड जाँच गरेका छन् । भने रक्तदाताहरूलाई निःशुल्क आँखा जाँचको सुविधा समेत प्रदान गरिएको थियो ।

बुद्ध जयन्ती देखी सुरु भएको निःशुल्क सुगर र थायराईड जाँच सेवा आम सर्वसाधारणले यही जेठ ३२ गते सम्म पनि लिन सक्ने स्वस्तिक हस्पिटलका अध्यक्ष दीपेन्द्र तिवारीले बताए ।

‘बुद्ध जयन्तीको अवसर पारी सुगर र थायराईड गरी यी २ जाँच निःशुल्क गर्ने घोषणा गरेका छौँ । आम सर्वसाधारणले आफ्नो थायराईड र सुगरको अवस्था थाहा पाउन चाहे जेठ ३२ गते सम्म यो सेवा हामीले निःशुल्क प्रदान गर्ने छौँ ।’

तिवारीले भने ।

यसै गरी स्वस्तिक हस्पिटलमा आयोजित रक्तदान कार्यक्रममा आयोजकले मानव जीवन रक्षाको लागि स्वैच्छिक रूपमा १०५ पटक रक्तदान गरी मानवीय सेवामा पुर्‍याएको अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दै स्वयंसेवी रक्तदाता (१०५ पटक) पत्रकार दीपक उपाध्यायलाई सम्मान समेत गरिएको थियो ।

उक्त अवसरमा उपाध्यायले स्वस्तिक हस्पिटल सुदूरपश्चिममै सबैभन्दा अत्याधुनिक प्रविधि र विशेषज्ञ सेवा सहित आम सर्वसाधारणको सेवामा समर्पित हस्पिटल भएको बताउँदै सम्मानित गर्नु हुने श्रीलंकन बौद्ध भिक्षु हरू र अस्पतालका अध्यक्षलाई विशेष धन्यवाद ज्ञापन गर्दै रक्तदान कार्यक्रमको आयोजना गर्नु हुने सुदूरपश्चिम बौद्ध दर्शन समाज, संयोजन गर्नुहुने रोट्र्याक्ट क्लब लगायत सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार