SKIP THIS

S.P.A  Collage

महिला एवं युवतीहरूको अनुहारमा डन्डिफोर र अनावश्यक रौँ आएमा निको यसरी पार्न सकिन्छ ?

महिला एवं युवतीहरूको अनुहारमा डन्डिफोर र अनावश्यक रौँ आएमा निको यसरी पार्न सकिन्छ ?

धनगढी : हामी आज नेपालमा महिलाहरूमा सबै भदा बढी देखा पर्ने समान समस्याहरूको बारेमा चर्चा गर्न गई रहेका छौँ । बढी जसो महिलाहरूमा देखा पर्ने समस्या र तिनको निदान अथवा समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा हामीले धनगढी स्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसीयालिटी हस्पिटलमा कार्यरत महिला, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जना काफ्लेको अनुभव सहितको सुझाव सल्लाह लिएका छौँ ।

उहाँको अनुभव भन्छ, नेपालमा महिनावारी गडबडी, महिनावारी हुँदा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या अधिकांश महिलाहरूमा देखिन्छ ।

  • के गर्दा निको हुन्छ ?

सामान्यतया महिनावारी गडबडी र महिनावारी हुँदा पेट दुख्ने समस्या पत्रु खाना (जंक फूड) खान छोड्ने र पौष्टिक खानपान को रुटिन मिलाउने हो भने पनि धेरै जनाको समस्या समाधान हुन्छ । त्यस मध्ये केहीले सामान्य चेकजाँच (भिडियो एक्स-रे) गरी डाक्टरको सल्लाहमा सामान्य औषधी सेवन गर्दा निको हुन्छ ।

पाठेघरको मुखको क्यान्सर : पाठेघरको मुखको क्यान्सर पनि नेपाली महिलाहरूमा बढी नै देखा पर्ने रोग हो यसको निदानको लागी पाठेघरको मुखको पानी जाँच गर्नु पर्छ ।

पी.सी.ओ.एस/पी.सी.ओ.डी : यो एक प्रकारको ईन्डोक्राईन डिसअडर हो । यस अवस्थामा हाम्रो शरीरमा हुने हर्मोनहरुमा गडबडी भएको हुन्छ ।

लक्षणहरू :

  • महिनावारी नहुने वा थोरै हुने
  • अनुहारमा डन्डिफोर आउने अनावश्यक रौँ पलाउने
  • मोटोपन तथा अन्य मेटाबलिक समस्या र निशन्तानपनको समेत समस्या देखा पर्ने

प्राथमिक उपचार: जीवन शैली पूर्ण रूपमा बदल्ने जस अन्तरगत प्रयाप्त सुत्ने, बजारको पत्रु खाना (जंक फूड) नखाने, घरमै उत्पादित तथा पकाएको पोषण युक्त खाना खाने, व्यायाम गर्ने र आफ्नो तौल मेन्टेन गर्ने ।

यदि तपाईँलाई उल्लेखित समस्या देखिएका छन् तर समाधानका लागी प्राथमिक उपायहरू गरी सक्नु भएको छ भने स्वस्तिक हस्पिटलमा गई महिला, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जना काफ्ले सँग अथवा अन्य तपाईँले इच्छाएको महिला, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर कहाँ गई चेकजाँच, परामर्श तथा उपचार गराउन हुन अनुरोध छ । – स्वास्थ्य जीवन सुरक्षित जिन्दगानी ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

50%

खुसी

0%

दुःखी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार