SKIP THIS

S.P.A  Collage

धनगढीमा सुदूरपश्चिमकै पहिलो अत्याधुनिक मल्टी पर्पस स्पोर्टस एरिना निर्माण

धनगढीमा सुदूरपश्चिमकै पहिलो अत्याधुनिक मल्टी पर्पस स्पोर्टस एरिना निर्माण
अत्याधुनिक मल्टी पर्पस स्पोर्टस एरिना

धनगढी : सुदूरपश्चिम नेपालको पहिलो एन.एम.एस.टी स्मार्ट कलेज एसपीए ले सुदूरपश्चिममै पहिलो पटक मल्टी पर्पस स्पोर्टस एरिना निर्माण गरेको छ । कलेजले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप पी.यु. फ्लोरिङ टेक्नोलोजी प्रयोग गरी फ्लड लाइट सहितको अत्याधुनिक मल्टी पर्पस स्पोर्टस एरिना निर्माण गरेको हो ।

एसपीए कलेजको नयाँ भवन अगाडी निर्माण गरिएको उक्त स्पोर्टस एरिनामा बास्केटबल, भलिबल, ब्याडमिन्टन, फुटसल, लङ टेनिस, क्रिक्सल आदि खेलहरू खेल्न अनि खेलाउन सकिने कलेजका खेलकुद शिक्षक भागिराम बखरीयाले जानकारी दिए ।

बखरीयाका अनुसार प्रदेशकै पहिलो फ्लड लाइट सुविधा युक्त एडभान्स मल्टी पर्पस स्पोर्टस एरिनामा खेलकुद विकासका लागी एसपिए कलेजले निकट भविष्यमा अन्तर्राष्ट्रिय खेलहरू समेत आयोजना गर्ने योजना बनाएको छ ।

‘यसमा रात्रिकालीन खेल प्रतियोगिताहरू समेत खेलाउन सकिन्छ । मलाई प्रशिक्षण गराउन पनि निकै सहज भएको छ । सहरी क्षेत्रमा ठाउँको अभावले खेलाडीहरू ले अभ्यास गर्न नपाइरहेका अवस्थामा अब यो मल्टी पर्पस ग्राउण्डले विद्यार्थीहरू लाई खेल सँग जोड्न र अभ्यास गर्न थप महत्त्वपूर्ण भूमिका खेल्ने छ । ५० लाख लगानी गरेर कलेज प्रशासनले यो मल्टी पर्पस स्पोर्टस एरिना निर्माण गरिदिएकोमा म कलेज परिवार प्रति आभारी छु ।’ कलेजका खेलकुद शिक्षक बखरीयाले भने ।

यसका साथै एसपीए कलेजले हालै राष्ट्रिय तथा प्रदेश स्तरीय विशेष छात्रवृत्ति २०८१/८२ घोषणा गरेको छ। जस अन्तरगत ४० जना विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्तिमा माध्यमिक शिक्षा हासिल गर्ने अवसर प्रदान गरिने कलेजले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू पाइसकेको एसपीए कलेजमा कक्षा ११ मा विज्ञान, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, मानविकी, शिक्षा, कानुन र आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्न चाहने विद्यार्थीहरूले छात्रवृत्तिका लागि २०८१ जेठ ३० गते बेलुका ५ बजेसम्म कलेजको फेसबुक पेज, वइभसाईटमा दिइएको लिङ्कमा गई छात्रवृत्ति सम्बन्धी फाराममा आवश्यक विवरणहरू भरि अथवा एसपीए कलेजमा गई फाराम भरेर पनि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । भने २०८१ जेठ ३२ गते, शुक्रवार बिहान ८ बजे देखि हुने अन्तर्वार्तामा सहभागी हुनुपर्ने कलेजले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार