SKIP THIS

S.P.A  Collage

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका संस्थापक अध्यक्ष अर्जुन शाहलाई ‘पत्रकारिता सम्मान’

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका संस्थापक अध्यक्ष अर्जुन शाहलाई ‘पत्रकारिता सम्मान’

धनगढी : नेपाल पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिले पत्रकार अर्जुन शाहलाई ‘पत्रकारिता सम्मान’ प्रदान गरेको छ । सुदूरपश्चिममा पत्रकारिताको विकासका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा निर्वाह गरेको महत्त्वपूर्ण योगदानको सम्मान गर्दै महासंघले शुक्रबार धनगढीमा आयोजित तेस्रो अधिवेशन तथा चौथो साधारणसभामा सम्मानित गरेको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शाहलाई प्रमाणपत्रसहित दोसल्लाद्वारा ‘पत्रकारिता सम्मान’ प्रदान गरेका हुन् । दुई दशकदेखि कान्तिपुरमा कार्यरत शाह महासंघको सुदूरपश्चिम प्रदेश समितिका संस्थापक प्रदेश अध्यक्षसमेत हुन् ।

शाहसँगै महासंघले पत्रकारिता सम्मान कर्ण शाह, राजेन्द्र नाथ र हेमन्ती चौधरीलाई प्रदान गरेको छ । जेष्ठ पत्रकारिता सम्मान सिद्धराज भट्ट, सञ्चारमाध्यम पत्रकारिता सम्मान धनगढीस्थित पश्चिम टुडे मिडिया हाउसका दीर्घराज उपाध्याय, दुर्गम क्षेत्र पत्रकारिता सम्मान बाजुराका निमेन्द्र शाहीलाई प्रदान गरेको छ ।

साथै पत्रकारिता पेसामा रहेर निरन्तर रक्तदान गर्दै गर्दै आएका धनगढीका दीपक उपाध्यायलाई महासंघले समाज सेवा सम्मान गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार