SKIP THIS

S.P.A  Collage

धनगढीमा असार ७ देखि ९ गतेसम्म दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ आयोजन हुँदै

चलचित्र विकास बोर्ड

धनगढी : चलचित्र विकास बोर्डले आगामी असार ७ गतेदेखि ९ गतेसम्म धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ आयोजन गर्ने भएको छ । बोर्डले महोत्सव व्यवस्थापन सम्बन्धी कार्यका लागि बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीलाई संयोजक तोकेको छ ।

प्रवक्ता एवं महोत्सव संयोजक बुढाथोकीका अनुसार दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ का बालबालिका एवं वयस्कहरुले निर्माण गरेका बालचलचित्रहरुको प्रदर्शन तथा प्रतिष्पर्धा गराइने छ । महोत्सवमा प्रदर्शन गरिने बालचलचित्र जेठ २५ गतेसम्म उपलब्ध गराउन बोर्डले चलचित्रकर्मीहरुलाई आह्वान गरेको संयोजक बुढाथोकीले बताए ।

दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ मा बालचलचित्रको प्रदर्शन, अन्तरक्रिया, सिने सम्बाद, कार्यशाला, फोटो एवं बालपुस्तक प्रदर्शनी, झाँकी, साँस्कृतिक एवं सांगितिक प्रस्तुती रहने छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार