SKIP THIS

S.P.A  Collage

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा २९ वर्ष यताकै सबैभन्दा बढी गर्मी मापन

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा २९ वर्ष यताकै सबैभन्दा बढी गर्मी मापन

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा गर्मीले २९ वर्ष यताकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । सन १९९५ को जून १६ पछि विहीबार दिउसो बढी तापक्रम मापन भएको हो । मंगलबारबाट उकालो लागेको तापक्रम विहीबार सम्म बढिरहेको छ । 

मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम, बुधबार ४३.३६ डिग्री र विहीबार (आज) ४४ दसमलव १ डिग्री मापन भएको छ । मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले १९९५ पछि, बिहिबार बढी तापक्रम मापन भएको दिन भएको बताए ।

सन १९९५ जूनमा धनगढीको तापक्रम ४६ दसमलव ४ मापन भएको थियो । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा बुधबार २९ वर्षपछि उच्च तापक्रम मापन भएको जानकारी दिए । गत वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार