नेपाल क्यान्सर अस्पतालको सेवा विस्तार, धनगढीमा क्यान्सर क्लिनिक

नेपाल क्यान्सर अस्पतालको सेवा विस्तार, धनगढीमा क्यान्सर क्लिनिक
प्रकाशित : :

नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेडले आफ्नो क्यान्सर उपचार सेवाको दायरा थप विस्तार गरेको छ। संस्थाले माघ १ गतेदेखि धनगढीमा क्यान्सर केयर क्लिनिक सञ्चालनमा ल्याएको छ।

अस्पतालका अनुसार, ‘क्लिनिक स्थापना क्यान्सरका बिरामीहरूको उचित हेरचाह सुनिश्चित गर्न र देशभर क्यान्सर उपचार सेवा पुर्‍याउने उद्देश्यले गरिएको हो।

धनगढी र वरपरका क्षेत्रमा बसोबास गर्ने बिरामीहरूले अब काठमाडौंसम्म आउनुपर्ने बाध्यताबाट मुक्त हुँदै, आफ्नो नजिकै सहज रूपमा उपचार र डाक्टरको परामर्श सेवा लिन सक्नेछन्।’

धनगढी—१, हस्पिटल लाइनमा अवस्थित यो क्लिनिकले परामर्श, उपचार, र फलोअपजस्ता सेवाहरू उपलब्ध गराउनेछ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट