कप्तान नरेन भट्ट: यू-१९ नेपाली क्रिकेट टोलीको नयाँ आशा  

कप्तान नरेन भट्ट: यू-१९ नेपाली क्रिकेट टोलीको नयाँ आशा  
प्रकाशित : :
  • प्रारम्भिक जीवन र क्रिकेट यात्रा 

बाल्यकालदेखि नै क्रिकेटमा रुचि राख्ने नरेन भट्टको क्रिकेट यात्रा प्रेरणादायी छ। बैतडीको मेलौली नगरपालिका-७ काँडाका स्थायी बासिन्दा नरेनलाई उनका दाजु जयराम भट्टले क्रिकेट सिक्न भारतको दिल्ली लगे। ‘आरपी क्रिकेट एकेडेमी’ मा एक वर्ष प्रशिक्षण लिएपछि उनी धनगढी फर्किएर धनगढी क्रिकेट एकेडेमी  डिसीएमा भर्ना भए । त्यहाँ थप एक वर्ष प्रशिक्षण लिएपछि उनी फेरि दुई महिना दिल्लीमा गएर क्रिकेट सीप निखार्नतर्फ लागे। अवसर मिल्दा दिल्ली गएर क्रिकेट अभ्यास गर्ने उनको बानी नै बन्यो।  बाँकी समय भने सुदूरपश्चिमको पहिलो र अब्बल क्रिकेट एकेडेमी धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट अभ्यास गरिरहन्थे ।

  • धनगढी क्रिकेट एकेडेमी र नेपाल प्रिमियर लिग (एनपीएल)

धनगढी क्रिकेट एकेडेमीले नेपाललाई थुप्रै प्रतिभाशाली खेलाडी दिएको छ। धनगढी क्रिकेट एकेडेमीका ६ खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनुबन्ध हुँदा नरेन भट्ट पनि समावेश भए । उनी विराटनगर किंग्सबाट २ लाख रुपैयाँमा अनुबन्ध भएका थिए।  

  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव 

नरेनले नेपालका लागि विभिन्न उमेरसमूहका प्रतियोगिताहरू खेलेका छन्। ‘एसिसी यू-१६ इस्ट जोन कप’ मा नेपाललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान दिएका थिए ।  

  • फाइनल खेलमा ८९ बलमा ११२ अविजित रन प्रहार गर्दै नेपाललाई २२१ रनको फराकिलो अन्तरले जित दिलाए।  
  • प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशबाट खेलेर २६७ रन बनाए।  
  • मधेस प्रदेशविरुद्ध १२१ रनको उत्कृष्ट शतक प्रहार गरे।  
  • सुदूरपश्चिम यू-१९ छनोट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भए । 

नरेनले आयरल्यान्ड ‘ए’ टिमसँगको एकदिवसीय सिरिजमा नेपालको प्रतिनिधित्व गरे। अन्तर्राष्ट्रिय स्तरको यो अनुभवले उनलाई उच्चस्तरको प्रतिस्पर्धाका लागि अझै परिपक्व बनायो।  

  • कप्तानी यात्रा र विश्वकप छनोटको तयारी

नेपाल क्रिकेट संघ (क्यान) ले नरेन भट्टलाई यू-१९ नेपाली क्रिकेट टोलीको कप्तान नियुक्त गरेको छ। उनको नेतृत्वमा नेपालले आगामी विश्वकप क्रिकेट एशिया छनोट प्रतियोगितामा सहभागिता जनाउँदैछ। कप्तानको रूपमा उनले टोलीलाई जितको लक्ष्यमा अघि बढाइरहेका छन्।  

  • यू-१९ नेपाली क्रिकेट टोली 

नरेन भट्ट (कप्तान), अभिषेक तिवारी (उप-कप्तान), निरजकुमार यादव, साहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोषकुमार यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री, अरविन्द घर्ती, सोहेल कुवँर, विपिन कुमार शर्मा, नितेश पटेल, अमर मिश्र टोलीमा रहेका छन् ।  

  • भविष्यकाे लक्ष्य र नेपाली क्रिकेटमा योगदान

नरेन भट्ट नेपाली क्रिकेटको एक उदाउँदो ताराका रूपमा स्थापित भइरहेका छन्। उनको लक्ष्य यू-१९ हुँदै सिनियर राष्ट्रिय टिममा स्थान बनाउनु हो। भन्छन्, “देशका लागि खेल्नु छ, देशलाई जिताउनु छ। राष्ट्रिय टिमबाट खेल्ने मेरो सपना छ।”
 
क्रिकेटप्रति नरेनको समर्पण, मेहनत र कप्तानी क्षमता हेर्दा नेपाली क्रिकेट टोलीले आगामी प्रतियोगितामा सफलता हासिल गर्ने विश्वास राखिएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट