पुर्चौडी : बैतडीकाे पुर्चौडी नगरपालिकास्थित शिक्षक संगठन नगर समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ। मन्त्री भण्डारी बैतडीको पुर्चौडीमा भइरहेको १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रमुख अतिथि रहनुभएको अवसरमा शिक्षकहरूले आफ्ना मागहरू संसदमार्फत सम्बोधन गरिदिन आग्रह गरेका हुन्।
शिक्षक संगठन नगर समिति सदस्य पारश भट्टका अनुसार पुर्चौडी नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरू हाल पूर्णरूपमा बन्द रहेका छन्। शिक्षकहरूले आफूहरूका मागप्रति सरकार गम्भीर नभएको भन्दै आन्दोलनमा उत्रिएर विद्यालयहरू बन्द गरेका हुन्।
ज्ञापनपत्रमार्फत शिक्षकहरूले सेवा, सुविधा, सरुवा प्रक्रिया, पदपूर्ति लगायतका विषयमा रहेका समस्याहरू समाधान गर्न माग गरेका छन्।
विगत केही दिनदेखि देशभरका शिक्षकहरू काठमाडौंमा विभिन्न माग राख्दै आन्दोलन गर्दै आईरहेका छन् । आन्दोलनमा नाच्नु हुन्छ, गाउनु हुन्छ, आफ्ना भनाइ र मागहरू शान्तिपूर्ण तरिकाले राखि राखेका छन् ।

यसले गर्दा दिउँसोको समयमा भने आन्दोलनले यात्रुहरूलाई समस्या परेको छ। सरकारसँग वार्ता हुने खबरहरू आए पनि त्यसले काम गरिरहेको छैन भने यसले गर्दा एसइइका कपी जाँचमा पनि समस्या आएको देखिन्छ र आउने १२ को परीक्षामा पनि गार्हो पर्नेछ।