बाजुराः बाजुरामा हिजो र आज गरी २ सय ६४ जनाले कोरोना भ्याक्सिन (खोप) लगाएका छन् ।
१४ गते देखी देशै भर सुरु गरिएको कोरोना विरुद्धको खोप बाजुरामा १५ गते देखी सुरु गरिएको थियो । बाजुरामा १५ र १६ गते गरी २ सय ६४ जनाले कोराना खोप लगाएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माले बताएका छन् ।
जिल्ला भरी जिल्ला अस्पताल बाजुरामा रहेको खोप केन्द्रमा पहिलो दिन र दोस्रो दिन गरी २ सय ६४ जनालाई कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । बाजुरा जिल्लामा पहिलो चरणमा ९ सय ३५ जनालाई कोरोना विरुद्धको खोप लगाइने खोपको सुरु गरिएको छ ।
हिजो र आज खोप लगाउनेमा फन्ट लाइनमा रहेका स्वास्थ्यकर्मीहरूलाइ सो खोप लगाइएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।