कालो हरिण शिकार केस : सालमानले भने-‘माफ गर्नुस्’

सलमान खान
प्रकाशित : :

सलमान खानविरुद्ध झुटो एफिडेभिट दिएको आरोपमा दर्ता भएको केसको सुनुवाई मंगलवार जोधपुर सेशन कोर्टमा भयो ।

सलमान यसमा भिडियो कन्फ्रेसिङको माध्यमबाट जोडिएका थिए ।

यस मामिलाको सुनुवाइको क्रममा सलमानका वकील हस्तीमल सारस्वतले कोर्टमा ८ अगस्ट २००३ मा गल्तीले एफिडेभिट दिएको बताए । त्यसैले सलमानलाई माफ गरिदिन उनले सुझाए ।

यस केसमा कोर्टले ११ फेब्रुअरीमा निर्णय सुनाउनेछ । १९९८ मा जोधपुरको कांकाणी गाउँको सीमामा २ वटा कालो हरिणको शिकारमा उनी पक्राउ परेका थिए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट