धनगढीः नेपाल टेलिकम धनगढीले फागुन २९ र चैत्र १ गते धनगढी उप-महानगरपालिकाको केही स्थानमा आफ्नो सेवा केही समयको लागि अवरुद्ध हुने जनाएको छ।
शुक्रबार एक सूचना जारी गर्दै सो कार्यालयले धनगढीको विशालनगर, चौराहा, ज्ञानुप्लाजा, बसपार्क, बडहारा, भन्सार रोड वरपरमा सेवा प्रभावित हुने जनाएको हो।
सो क्षेत्रमा फाइबरको काम भइरहेको बताउँदै नेपाल टेलिकमको टेलिफोन, इन्टरनेट, एफटीटीएच, लिज सेवा केही समयको लागि अवरुद्ध हुने सो सूचनामा उल्लेख छ।







You must be logged in to post a comment.