बैतडी: बैतडीको पाटन नगरपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । अज्ञात समुहले टेलिकमको अप्टीकल फाइबर तार काटिदिएपछि ५ दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ ।
पाटन नगरपालिका वडा नम्बर ६ स्थित बजार आसपासमा पाँच ठाउँमा फाइबर तार काटिएकाले लाईन प्रभावित भएको टेलिकमको कार्यालयले बताएको प्रमुख जिल्ला अधिकारी मोहानराज जोशीले बताएका छन् । फाइबर मर्मत कार्य भइरहेको टेलिकमले जनाएको छ ।