धनगढी: देशका सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको मौसम पूर्वानुमान विभागले जनाएको छ।
पश्चिमी वायुका कारण तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित ठूलो पानी परिरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
यो प्रणाली बिस्तारै पूर्वतिर सरिरहेकाले वाग्मती र प्रदेश दुईका केही ठाउँमा पनि ठूलो असिना पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ। पश्चिमी वायुको प्रभाव अझै दुई दिन रहने मौसमविद्ले बताएका छन्।