सुदूरपश्चिमेली नेपाली समाज भारतका पूर्वकोषाध्यक्ष भट्टको कोरोना संक्रमणका कारण मृत्यु

धनगढीको फुलबारीका भट्ट...

सुदूरपश्चिमेली नेपाली समाज भारत, दिल्ली राज्य समितिका पूर्वकोषाध्यक्ष मनोज भट्ट
प्रकाशित : :

धनगढी: सुदूरपश्चिमेली नेपाली समाज भारत, दिल्ली राज्य समितिका पूर्वकोषाध्यक्ष मनोज भट्टको कारोना संक्रमणका कारण मृत्यु भएको छ । धनगढीको फुलबारी घर भएका भट्ट भारतको दिल्लीमा काम गर्दै आएका थिए।

दिल्लीमा अक्सिजनको कमी भएपछि महाकाली अस्पताल महेन्द्रनगर ल्याउदै गर्दा भारतको मुरादाबादमा मृत्यु भएको हो । सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक मल्लले भारतका दर्जनौ अस्पतालमा भर्नाको लागि ठाउँ नपाउदा नेपाल ल्याउदै गर्दा मृत्यु भएको बताए ।

उनले भने, `केही दिनअघि कोरोना पुष्टि भएपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर दिल्लीमा अस्पताल नै खाली थिएनन् । उपचार नै नपाएर ज्यान गयो ।´

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट