देशभर ६ सय ५० जना पत्रकारलाई कोरोना सङ्क्रमण, सात जनाको ज्यान गयो

पत्रकारलाई कोरोना
प्रकाशित : :

काठमाण्डाै: नेपालमा अहिलेसम्म ६ सय ५० जना पत्रकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपाल पत्रकार महासङ्घका अनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । जसमा २ सय ५२ जना सक्रिय सङ्क्रमित छन् ।

प्रदेश नम्बर एकमा १८, प्रदेश दुईमा ९, वाग्मती प्रदेशमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३०, सुदूरपश्चिममा ३० र उपत्यकाका तीनवटा प्रदेशमा १ सय १७ जना पत्रकार सक्रिय सङ्क्रमित रहेका छन् ।

सङ्क्रमितमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेकोमा ४ जना आईसीयूमा छन्  ।  अहिलेसम्म ७ जना पत्रकारको ज्यान गएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट