बजेट ल्याउने तयारी तिब्र, वृद्धभत्ता बढ्लाकी नबढ्ला ?

कति आउँदैछ बजेट ?

काठमाडौं: प्रतिनिधिसभा विघटनको अवस्थामा सरकार बजेटको तयारीमा छ । जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान रहेकाले अर्थका अधिकारीहरु धमाधम बजेट लेख्दै छन् ।

संघीय संसदका दुबै सदनहरुको संयुक्त बैठकमा राष्ट्रपतिबाट वाचन हुने नीति तथा कार्यक्रम  अध्यादेशमार्फत नै आउँदैछ । बजेट पनि अध्यादेशमार्फत नै आउने भएको छ । जेठ १५ अघि नै नीति तथा कार्यक्रम आउनुपर्ने भएपनि कुन दिन आउँछ भन्ने टुंगो छैन ।

कति आउँदैछ बजेट ?

मध्यमकालीन खर्च संरचना अनुसार आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेटको आकार १६ खर्ब ९७ अर्ब ५७ करोड रुपैयाँ हुनेछ । यो सिलिङभित्र रहेर अधिकांश पूराना आयोजनालाई बजेट छुट्याउने तयारीमा अर्थ मन्त्रालय छ ।

कोरोना भाइरसका कारण थिलथिलो बनेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आउने अर्थमन्त्री विष्णु पौडेलको दाबी छ । सरकारको दीर्घकालीन सोच २१००, पन्ध्रौँ योजनाको लक्ष्य, दिगो विकासका लक्ष्य र कोरोनाले पारेको मर्कामा केन्द्रित रहेर बजेट लेख्ने काम भईरहेको छ ।

वृद्धभत्ता बढ्दै !

वर्तमान सरकारको चुनावी नारा ‘वृद्धभत्ता ५ हजार पुर्याउने’ भन्ने थियो । तर, लगातार ३ वट बजेट ल्याउँदा पनि वृद्धभत्ता ५ हजार पुग्न सकेको छैन । तर, यसपालीको बजेटमार्फत वृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्याउने उद्घोष प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै गरिसकेका छन् ।

अनाथ बालबालिका, अपांगता भएका व्यक्तिहरु र एकल महिलाका लागि विशेष कार्यक्रम सञ्चालन पनि हुँदैछन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार