धनगढी: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा.नं. ११ निवासी २९ वर्षीय बम बहादुर राना थारु गत १ वर्ष देखि खुट्टा को समस्याले थालिएका थिए ।
आर्थिक अवस्था दयनीय भएका कारण उनको उपचार हुन नसकेको जानकारी पछि केही सहयोगीहरूको मद्दतमा नेपालगन्जको अस्पतालमा उपचार गराइयो तर सो अस्पतालका डाक्टरले रानालाई थप उपचारको आवश्यकता रहेको बचाउँदै भरतपुर क्यान्सर अस्पताल चितवन लैजाने सुझाए ।
राना अहिले क्यान्सर शङ्कास्पद भई भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचाररत छन् । तर उपचार खर्च पूर्ति गर्न परिवार सँग स्रोत नभएको कारण राना परिवारले आर्थिक सहयोग गरी जीवन बचाइदिन हुन सम्पूर्ण सहयोगी मनकारी व्यक्ति तथा सङ्घसंस्था लाई अनुरोध गरेका छन् ।
२९ वर्षीय युवकका सपना बरकरार राख्न र लाखौँ सपना बोकेर मृत्यु सँग लडिरहेका रानाको जीवन जोगाउन आर्थिक सहयोग गर्न चाहने मनकारी व्यक्तिहरूले बम बहादुर रानाको कुमारी बैङ्क कञ्चनपुरमा शाखामा रहेको खाता नं. ०५७००२८९०२८००००१ मा पैसा पठाउन र ९८४८९८९०७० मा सम्पर्क गर्न राना परिवारले आग्रह गरेको छ ।
रानाको उपचारको सहयोगार्थ भक्त बि.बि. फर ह्युमानिटीकी पूर्व अध्यक्ष शारदा भुसाल झाले पनि सक्दो सहयोग गर्न अपिल गर्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा अभियान सञ्चालन गर्नुभएको छ ।